काठमाडौं– बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन् ।
आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ ।
शिशुका आमा बुबा दुबै एचआइभी सङ्क्रमित भइ एआरटी औषधि सेवन गरिरहेका छन् । यसअघि बागलुङका एचआइभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको शिशुको धड्कन बढी भएपछि शल्यक्रिया गरिएको धौलागिरि अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विजय ओझाले जानकारी दिए । शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य सामान्य रहेको र एचआइभी सङ्क्रमण नहोस् भनेर तुरुन्तै औषधि समेत चलाउन थालिएको ओझाको भनाइ छ ।
सङ्क्रमित आमाबाटसमेत स्वस्थ बच्चा जन्मिने भएकाले एचआइभी सर्ने सम्भावना अत्यन्तै न्यून रहेपनि उपचार र हेरचाह भने गर्न आवश्यक हुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar