काठमाडौं– महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
जलेश्वर नगरपालिका–१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar