काठमाडौं– काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
बबरमहलमा रहेको जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखिएको हो । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजदेखि सञ्चालनमा ल्याइएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले बाटो पार गरिसक्नुपर्ने बताए ।
बटन थिचेपछि ५ सेकेण्ड कुुर्नुपर्छ, त्यो कुरेपछि पैदलयात्रुका लागि हरियो बत्ती बल्छ । ३० देखि ३५ सेकेण्ड तोकिएको समयमा सडक पार गरिसक्नुपर्छ । यो उपयुक्त छ तर यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना पनि बढ्न सक्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar