काठमाडौं– साताको पहिलो दिन आज सेयर बजार उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ ।
यस्तै सात वटा कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को सेयर साढे दुई प्रतिशतले घटेको छ ।
बजारसँगै आज कारोबार रकम पनि बढेको छ । ६५ लाख ३० हजार कित्ता सेयर दुई अर्ब एक करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् ।
यो पछिल्लो साढे महिनायताकै उच्च हो । गएको भदौ ३१ गतेयता कारोबार रकम दुई अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar