काठमाडौं– चितवनमा हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत हुन सकेको छैन ।
बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी दुई जनाको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितका अनुसार शव पहिचान हुन सकेको छैन । पहिचान नहुँदा प्रहरीलाई अनुसन्धान गर्न पनि जटिल भइरहेको छ ।
कल्भर्ट मुनी दुई वटा बोराभित्र हात–खुट्टा बाँधिएको अवस्थामा पुरूष र महिलाको शव फेला परेको हो । जसको पहिचानको लागि प्रहरीले शनिबार केही तस्बिरहरू सार्वजनिक गरेको छ ।
प्रहरीले पहिचानको लागि ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको डिएसपी पण्डितले बताए ।
दुई जनाको हत्या कसरी भएको थियो भन्नेबारे पनि पोष्टमर्टम रिपोर्टपछि थाहा पाइने डिएसपी पण्डितले बताए । पहिचान खुलेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनमा पा ९८५५०९०१३३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar