काठमाडौं – यस वर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार अलैँची बिक्रीबाट लमजुङमा २४ करोड रुपैयाँ भित्रिएको हो ।
उनका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट त्यति रकम आम्दानी भएको हो । गएको वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो ।
उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका हुन् ।
जिल्लाको मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, क्वलहोसोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिकाका साथै बेसीसहर नगरपालिका र राइनास नगरपालिकाका केही क्षेत्रमा अलैँचीको व्यावसायिक खेती हुुँदै आएको छ ।
अहिले जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ । यहाँका किसानले रामसाइ, गोलसाइ, भर्लाङ्गे जातका अलैँची लगाउँदै आएका छन् । पहाडी जिल्ला लमजुङमा उत्पादित अलैँचीको माग उच्च छ । तुलनात्मक रुपमा यहाँ उत्पादित अलैँची गुणस्तरीय रहेकाले बजारमा माग उच्च हुने गरेको हो ।
उत्पादित अलैँची टिप्ने, सुकाउने कार्यका साथै भण्डारणमा स्थानीय किसानले उचित ध्यान दिइ गुणस्तर कायम गरेकाले लमजुङमा उत्पादित अलैँचीको बजारमा माग उच्च हुने हुनुका साथै राम्रै मूल्यमा बिक्री हुने गरेको अलैँची जोन लमजुङका अध्यक्ष एवम् अलैँची उत्पादक किसान सोमबहादुर तामाङले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar