काठमाडौं– रत्नपार्क–भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि आजदेखि सञ्चालनमा आएको छ । आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको हो ।
यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका गरी अब ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् ।
आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस सञ्चालन भएको छ । अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म तीन÷तीन मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् ।
दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्ने समयतालिका छ । द्रुत बस सेवाका लागि सडकमा रङरोगन समेत गरिएको छ । ठाउँठाउँमा बोर्ड राखिएका छन् ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र यात्रुहरूको सहजताका लागि भनेर संविधान दिवसको अवसर पारेर गएको असोज ३ गतेदेखि द्रुत बस सेवाको शुरुवात गरिएको थियो । तर यो सेवा दशैंलगत्तै स्थगित भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar