काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नरहेको जनाएको छ ।
महाअभियानको नाममा गलत मनसायकासाथ आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले त्यस क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको र जबरजस्ती गरे कानुनबमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
स्थानीय प्रशासनसँग कुनै समन्वय नगरि गलत मनसायका साथ कार्यक्रम गर्न लागिएकाले तीनकुने क्षेत्र प्रयोग गर्ने अनुमति नभएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रविन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवम् व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त ठाउँ उपलब्ध गराउने स्थानीय प्रशासनले स्पष्ट पारेको छ ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar