काठमाडौं– कास्कीको पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहारको आरोपमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैसला सुनाएको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।
अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिबाना र १० हजार रुपैयाँ पीडित महिलालाई क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लागेर २०७९ माघ ९ गते १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
अधिकारीमाथि पोखरा वडा नम्बर २४ का वडा सदस्य मैया नेपालीले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लगाएकी थिइन् । वडा सदस्य नेपालीले वडा अध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै ०७९ पुस २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar