काठमाडौं – नबिल बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बिहीबार बिहान साढे ९ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ११ प्रतिशत अर्थात् प्रतिकित्ता ११ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।
बैंकले यसपटक सेयर बोनस नदिने भएको छ । नबिलको यो लाभांश हालसम्मकै कम हो । यसअघि गत आर्थिक वर्ष बैंकले ११.५० नगद र १८.५० सेयर बोनससहित ३० प्रतिशत लाभांश प्रदान गरेको थियो ।
नबिलले साविकको नेपाल बंगलादेश बैंकलाई गाभेपश्चात बढेको चुक्ता पूँजी र निक्षेपअनुसार आम्दानी तथा नाफा बढ्न नसक्दा लाभांश क्षमता घटेको छ ।
पछिल्लो समय बैंकको सम्पत्तिमा प्रतिफल (रिटर्न अन इक्विटी) घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा १३.३८ प्रतिशत यस्तो प्रतिफल रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १०.०३ प्रतिशतमा झरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar