काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वन उपभोक्ता समितिको ९ लाख १३ हजार २८० रूपैयाँ रकम हिनामिना गरेको आरोपमा समितिका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाइँ र कोषाध्यक्ष माधवप्रसाद चौलागाइँविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीहरूविरूद्ध हिसाब–किताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो ।
उनीहरूले बदनीयत राखी आपसी मिलेमतोमा उपभोक्ता समितिको बैंक खाताबाट ९ लाख १३ हजार २८० रूपैयाँ झिकेको खुलेपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले दायर गरेको मुद्दामा तीनै जनालाई कैद र हिनामिना भएको रकम बराबरको बिगो दाबी गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar