काठमाडौं– फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मङ्गलवार यमनसँग खेल्दैछ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनसँगको खेलमा नेपालले जित निकाल्ने बताए ।
उनले यसअघि यूएईसँगको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनसँगको खेलमा नेपालले जित निकाल्ने बताए ।
गएको कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल यूएईसँग ४–० को गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले यूएईसँगको खेलमा हार बेहोर्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे ।
फिफा वरीयतामा यमन नेपालभन्दा १७ स्थान माथि छ । वरीयतामा नेपाल १७३ औँ स्थानमा छ भने यमन १५६ औँ स्थानमा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar