एजेन्सी – आर्टिफिसियल इन्टेलिजेन्स (एआई)माथि नियमन गर्न जर्मनी, फ्रान्स र इटाली सहमत भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार युरोपमा एआई नियन्त्रण गर्ने योजनाका साथ यी तीन देश एक ठाउँमा उभिएका हुन् ।
यी देशले गरेको सम्झौतामा भविष्यमा एआईलाई कसरी नियमन गर्ने भन्ने विषय प्रमुख बुँदा रहेको छ । यसअन्तर्गत युरोपभित्रका ठूला तथा साना एआई कम्पनीहरूका लागि स्वैच्छिक नियम बनाएर लागू गरिने बताइएको छ ।
त्यस्तै यस सम्झौताले युरोपेली संघले युरोपमा लागू गर्ने एआई सम्बन्धी कानूनलाई समेत गति दिने अपेक्षा गरिएको छ, जुन अझै बन्ने क्रममा छ । हाल युरोपेली आयोग, युरोपेली संसद र ईयू काउन्सिल एआई नियमन गर्न आवश्यक पर्ने आधार निर्धारण गर्न वार्तामा संलग्न छन् ।सोही क्रममा गत जुन महिनामा युरोपेली संसदमा एआईबाट निम्तिन सक्ने सुरक्षा जोखिम सम्बोधन गर्न ‘एआई ऐन’ टेबल भएको थियो । युरोपमा एआईको प्रमुख खेलाडीका रूपमा रहेका यी तीन देशको यो कदम एआई क्षेत्रका लागि पनि विशेष हुने विश्लेषण गरिएकाे छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar