काठमाडौं– गत कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्प पछिको राहत तथा उद्धारका लागि सरकारले हालसम्म १५ करोड बढी रकम संकलन गरेको छ ।
भूकम्पपछि सरकारले प्रधानमन्त्री दैवी कोष स्थापना गरी सहयोग संकलन सुरु गरेको थियो । उक्त कोषमा मंसिर १ गतेसम्म १५ करोड २८ लाख २९ हजार ३०५.५ रुपैयाँ संकलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।
कोषमा हालसम्म ५८ व्यक्ति तथा संस्थाले नगद सहयोग गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar