काठमाडौं – असोजमा ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिट्यान्स आयो। जुन, हालसम्मकै उच्च हो।
दसैं, तिहार, छठ जस्ता चाडबाडको मुखमा रेमिट्यान्स ह्वात्तै बढेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।
भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ भित्रियो। तर, असोजमा भदौको भन्दा १ खर्ब ३६ अर्ब ९७ करोड बढी रेमिट्यान्स आयो। जुन, अघिल्लो वर्ष असोजमा आएको भन्दा ३० प्रतिशत बढी हो। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दै गएको अर्थविद्हरू बताउँछन। तर, रेमिट्यान्स बढ्दै गए पनि त्यसको सही सदुपयोग हुन नसकेको अर्थविद्हरू बताउँछन्। रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकिए मात्रै देश विकास र अर्थतन्त्र सुदृढ बन्ने उनीहरूको तर्क छ।
रेमिट्यान्स बढेसँगै विदेशी मुद्राको सञ्चिति पनि बढ्दै गएको छ। अमेरिकी डलरमा आएको रेमिट्यान्स २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ७.९ प्रतिशतले बढेको थियो। अपेक्षा गरेको भन्दा बढी रेमिट्यान्स आएको नेपाल रेमिटर्स एसोसिएसन (नेपाल मुद्रा विप्रेषक संघ) का महासचिव सञ्जय सिग्देल बताउँछन्। कात्तिकमा पनि सोही हाराहारीमा आउने अनुमान गरिएको उनको भनाइ छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar