एजेन्सी– भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लामा निर्माणाधीन सडकको सुरुङ भत्किएपछि फसेका मजदुरको उद्धारमा ढिलाइ भएको छ ।
आइतवार सुरुङभित्र फसेका ४० जना जीवित मजदुरलाई बाहिर निकाल्न एक सयभन्दा धेरै उद्धारकर्मीले आज पनि बिहानैदेखि काम गरिरहेका छन् । उनीहरूलाई बाहिर निकाल्न अर्को सुरुङ निर्माणको काम भइरहेको सरकारी अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्काे सुरुङ बनाउनका लागि अहिले भग्नावशेष पन्छाउने काम भइरहेको छ ।
सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित गरेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति सम्भव भएको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताएका छन् ।
उत्तरकाशी र यमुनोत्री मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको साढे चार किलोमिटर लामो सुरुङ निर्माण भइरहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar