काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा नेपालले ४६ करोड रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । साउन, भदौ र असोजमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायतका मुलुकमा ४६ करोड ४२ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार सो रकम बराबरको ८ सय ५१ किलो यार्सागुम्बा निर्यात गरिएको हो । हङकङ र चीनमा सबैभन्दा बढी यार्सागुम्बाको व्यापार हुने गरेको छ ।
गत वर्ष सो समयावधिमा ३ सय ८२ किलो यार्सागुम्बा निर्यात भएको थियो । सो यार्सागुम्बाबाट २३ करोड ४८ लाख रुपैयाँ आम्दानी भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar