काठमाडौं– हुम्लाको सिमकोटबाट बाँकेको नेपालगञ्जका लागि उडान भर्ने क्रममा प्राविधिक समस्या आएपछि नेपाल एअरलाइन्सको ट्विनअटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ ।
जहाजको बायाँ इन्जिनमा खराबी आएपछि जहाज सिमकोट विमानस्थलमै रोकिएको हो । नेपालगञ्जका लागि १४ जना यात्रुहरू राखेर उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या देखिएको नेपाल एअरलाइन्स सिमकोट स्टेशनका प्रमुख बलराज हमालले बताए ।
नेपाल एअरलाइन्स नेपालगञ्जका सहायक बलबहादुर सुनारले भोलि दुई जना प्राविधिक आएर मर्मतपछि मात्र जहाजका बारेमा भन्न सकिने बताए । आज प्राविधिकलाई बोलाउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar