काठमाडौं– सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी–२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीपजोरालाई प्रदेश सरकारले पाँच÷पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।
शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar