काठमाडौं– १६ दिने शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन् ।
कात्तिक ८ गते दिउँसो दाङको लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले आफ्नै १६ दिने छोरीको घाँटी चक्कुले रेटेर हत्याको प्रयास गर्दैगर्दा घरका सदस्यले देखेपछि बालिकाको घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो ।
उक्त दिन घरका मानिस खेतमा काम गर्न गएको समयमा निर्माले घर पछाडि लगेर छोरीको घाँटी तरकारी काट्न प्रयोग गरिने चक्कुले रेट्दै गर्दा देवरले देखेका थिए । लमहीमा उपचार सम्भव नभएपछि नवजात शिशुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगेर उपचार गरिएको थियो ।
उपचारपछि पाँच दिन पहिले घर ल्याइएकी नवजात शिशुमा एकाएक समस्या उत्पन्न भएपछि बिहीबार बेलुका लमहीस्थित तुलसी बाल अस्पतालमा उपचारका लागि लगिएको थियो । सोही अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
छोरीको मृत्युपछि आमा निर्मालाई प्रहरीले पक्राउ गरेको छ । मानसिक स्वास्थ्य ठीक नभएकी भनिएकी आमा निर्मालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको भए पनि उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाएको थियो। केही दिनको उपचारपछि आमालाई घरमा लगिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar