एजेन्सी– गाजा सहरको एउटा विद्यालयमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको अल–सिफा अस्पतालले जनाएको छ ।
गाजाको अल–नासर नजिकै रहेको अल–बुराक स्कुललाई लक्षित गरी हिजो क्षेप्यास्त्र र तोप आक्रमण भएको थियो । आक्रमणमा ५० जना मारिएका अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले बताउनुभएको छ ।
घटनाको बारेमा थप विवरण पुष्टि गर्न नसकेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । यसैबीच इरानी र कतारी विदेशमन्त्रीले गाजामा इजरायली आक्रमण अन्त्य गर्ने राजनीतिक तरिकाबारे छलफललाई निरन्तरता दिएका छन् ।
महिना दिन लामो इजरायल–हमास द्वन्द्वबाट गाजामा ११ हजारभन्दा धेरै प्यालेस्टाइनीको ज्यान गइसकेको छ भने, इजरायली एक हजार चार सयभन्दा धेरैले ज्यान गुमाएका छन् । हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमणमा गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar