काठमाडौं– नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सैनिक मुख्यालयले आज पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको जानकारी दिए ।
जन्ममिति किर्ते विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए ।
उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएपछि विवादमा तानिएका थिए ।
बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । छानबिन समितिले गुपचुप रुपमा तीन दिनदेखि पाण्डेको उमेरको विषयमा उठेका प्रश्नबारे छानबिन गरिरहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar