काठमाडौं– यू–१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरिएको छ एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।
नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल–२ मा खेल्नेछ । दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ ।
समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन् । फाइनल पुस १ मा हुनेछ ।
नेपालले सन् २०२४ को जनावरीमा श्रीलंकमा यू–१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो । नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar