काठमाडौं– सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
मंगलबार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगञ्जमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar