काठमाडौं– झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ धङधङस्थितमा खोल्सीमा निर्माणाधीन पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ बस्ने ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी कन्काई नगरपालिका–६ चप्रामारी बस्ने ३६ वर्षीय राम कुमार श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
सोही नगरपालिका–३ जय पथिभारा टोल बस्ने हरिहर पराजुलीको घरमा टिनको छाना लगाउन रड बोक्ने क्रममा विद्युत्को तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar