काठमाडौं– जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ज्यान गुमाएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिकाको रहेको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट ज्यान गुमाएका एक सय ५७ मध्ये ७८ जना बालबालिका रहेका छन् ।
जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाले भूकम्पमा परि ज्यान गुमाएका जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
उनका अनुसार दुवै जिल्लामा गरी ज्यान गुमाउने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा ज्यान गुमाएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए ।
रुकुम पश्चिममा भूकम्पमा परि ५२ जनाले ज्यान गुमाएकामा २८ जना बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए । दुईजना १० महिनाका बालबालिकालेसमेत रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar