काठमाडौं – भोलि सोमवार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने भएको छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्ततः मोबाइल फोन दर्ता नभई नेपालभित्र चल्न नसक्ने नियम लागू गर्ने निश्चित भएको हो ।
टेकपानासँगको कुराकानीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘हाइ-इन्ड’ तथा महँगा स्मार्टफोनबाट यो प्रणाली कार्यान्वयन हुन लागेको जानकारी दिए ।“हामी नयाँ आईफोन १५ सिरिजबाट एमडीएमएस कार्यान्वयन थाल्दैछौं,” उनले भने, “सुरुवाती चरणमा दर्ता नभई नेपालभित्र सञ्चालनमा रहेका उक्त सिरिजका फोनहरू बन्द गर्दै छौं ।”
अध्यक्ष खनालका अनुसार हालै बजारमा भित्रिएको आईफोन १५ सिरिजका करिब २५०० स्मार्टफोन एमडीएमएसमा दर्ता नभई सञ्चालनमा रहेको पाइएका छन् । भोलि राति ९ बजे पश्चात् ती फोन नेपालभित्र चल्न छोड्ने उनले बताए ।“सस्ता सहित सबै फोनलाई एकै पटक नेपालभित्र नचल्ने गरी बन्द गर्ने नभई महँगा फोनबाट यसको सुरुवात गर्दै छौं,” अध्यक्ष खनालले अगाडि भने, “आईफोन १५ पछि अन्य फ्ल्यागशिप फोनहरूलाई समेट्छौं ।”
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar