काठमाडौं– पछिल्लो ६ महिनामा सोलुखुम्बु भ्रमणमा गएका एक दर्जनभन्दा बढी विदेशी नागरिकको ज्यान गएको छ ।
यस वर्षको वैशाख महिनादेखि असोजसम्म सगरमाथा क्षेत्र भ्रमणमा गएका १३ जना विदेशी नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी मलेसियाका तीन जना, चीनका दुई जना र अमेरिका, माल्दोवा, भारत, क्यानडा, जापान, चेक रिपब्लिक, स्विट्जरल्यान्ड र कोरियाका १÷१ जना रहेका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।
उनका अनुसार वैशाख महिनामा एक जना, जेठमा पाँच जना, असोजमा दुई जना, कात्तिकमा पाँच जनाको ज्यान गएको छ । हिमाल आरोहणको क्रममा चेक रिपब्लिकका एक जनाको र अन्य १२ जनाको लेक लागेर र विभिन्न कारणले भ्रमणकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar