काठमाडौं– सरकारले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावितका लागि अन्तराष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
आज बिहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरुका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
छिमेकीलगायत मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्रस्ताव भएको सहयोग स्वीकार गर्ने, तथा त्यस्तो सहयोगका लागि सरकारका तर्फबाट धन्यवादन दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
अहिलेसम्म चीन सरकारले १० करोड बराबरको राहत सामग्री दिने घोषणा गरेको छ । यस्तै अर्को छिमेकी मुलुक भारतले हरसम्भव सबै सहयोग र राहत उपलब्ध गराउने बताएको छ । त्यस्तै मित्रराष्ट्र रुस, पाकिस्तानलगायत मुलुकले पनि सहयोग गर्ने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar