काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।
नेपाल र ओमान दुवै टोलीले यसअघि नै सेमिफाइनलका खेल जित्दै सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन् ।
नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो । आज सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । उता ओमान पनि घरेलु मैदानमा नेपाललाई पुनस् हराउँने योजनामा हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar