काठमाडौं– कर्णाली प्रदेश सरकारले आज शोक बिदा घोषणा गरेको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोक बिदा घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिए ।
उनका अनुसार राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar