काठमाडौं– सरकारले विभिन्न समयमा नेपाली क्रिकेट टोलीले खेल जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ ।
तीन वटा प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।
गएको वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कप एसिया क्षेत्र छनोटको उपाधि र एसिया क्लालिफायरका लागि ४६ लाख तथा आईसीसी विश्वकप लिग–२ का लागि ३२ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार निकासा भएको सदस्य–सचिव घिसिङले बताए ।
नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कपमा पनि छनोट भएको छ । हिजो भएको टी–२० विश्व प एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएर १० वर्षपछि टी–२० विश्व कपमा छनोट भएको हो ।
नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar