काठमाडौं– रिगल भनेर चिनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले यो फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मानन्धरले आफूलाई धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए पनि अन्ततः न्याय पाएको बताइन् । कुनै पनि लोभमा नलागिकन अघि बढेकाले न्याय मिलेको बताउँदै अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने मानन्धरको विश्वास छ ।
उनले भनिन्,‘यसबीचमा धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । मेरो टिमले मलाई अन्यायमा परेको महिलालाई बाटो दे, अरू महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलाग्न भन्यो । मजस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar