काठमाडौं– रामेछापको लिखु हाइड्रोपावरमा कार्यरत एक मजदुरको पर्खालबाट लडेर मृत्यु भएको छ । बिहीवार काम गर्ने क्रममा पर्खालबाट लड्दा रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ चुचुरे सामुडाँडाका ३० वर्षीय कैलाश कार्कीको ज्यान गएको हो ।
काम गर्नेक्रममा ड्यामको गेटको पर्खालबाट झन्डै २० मिटर तल खसेका कार्कीलाई तत्काल घटनास्थलबाट उद्धार गरी उपचारका लागि सोलुखुम्बुको किज्याङ अस्पतालमा भर्ना गरिएको थियो । उनको किज्याङ अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रामेछापको सदरमुकाम मन्थलीतर्फ ल्याउने क्रममा बिहीवार राति बाटोमै ज्यान गएको हो ।
घटनापछि मृतक कार्कीका आफन्तले हाइड्रोपावरको गेटमा शव राखेर मृतकको परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने र परिवारका सदस्यलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar