काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘चेक बाउन्स’का फरार अभियुक्त लाई पक्राउ गर्न सर्कुलर जारी गरेको छ ।
ब्यूरोले, विहिबार देसैभरका प्रहरी कार्यालयहरुमा पत्राचार गरी मती उल हाक मुसलमानलाई चेक बाउन्स केशमा फरार रहेको भनी पक्राउ गर्न सर्कुलर जारी गरेको हो । मुसलमानले फेब्रुअरी ०५ २०२३ मा काठमाडौं निवासी प्रविण क्षेत्रीलाई बेष्ट फाईनान्स लि.को आफ्नो व्यक्तिगत चेक दिएका थिए । पैसा नभएको खाताको ३ लाख ४५ हजार को चेक पीडित क्षेत्रीलाई दिएर मुसलमान सम्पर्कबिहीन भएका थिए ।
तर लामो समयसम्म पनि उक्त चेक नसाँटिएपछी क्षेत्रीले आफु ठगिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उनिबीरुद्ध बैंकिङ कसुर मुद्दामा उजुरी मुद्धा दर्ता गराएका थिए । मुसलमान विरुद्दको मुद्दामा आज उच्च अदालत पाटनले क्षेत्रीको पक्षमा फैसला गरेको थियो।
फैसलालगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘चेक बाउन्स’का फरार अभियुक्त मुसलमानलाई पक्राउ गर्न देसैभरका प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar