काठमाडौं– बाराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेको प्रहरीले बताएको छ । तीमध्ये पाँच जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
कलैया भरतचोक नजिकै सोमबार दिउँसो भएको सर्राफको हत्यामा संलग्न ५ जनालाई आज बारा प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका– २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई
बारा प्रहरी प्रमुख उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् ।
मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भारतमा फरार रहेको काफ्लेले बताए । काफ्लेले सर्राफ हत्या प्रकरण महिलासँगको सम्बन्धको रिसइवीका कारण हुन पुगेको अनुसन्धानमा खुलेको जानकारी दिए ।
गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar