काठमाडौं– सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा असोज महिनामा नौ हजार ८ सय १० जना पर्यटक पुगेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार असोजमा आठ हजार ५ सय ५१ विदेशी र एक हजार २ सय ५९ नेपाली गरी नौ हजार ८ सय १० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् ।
यो सहित चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोज महिनामा खुम्बु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ११ हजार ३ सय ४२ जना पुगेका निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिए । जसमा एक हजार ४ सय ५९ नेपाली, एक हजार ४ सय १९ सार्क देशका र आठ हजार ४ सय ६४ जना अरु देशका विदेशी पर्यटक रहेका छन् ।
तीन महिनामा उनीहरुबाट दुई करोड ५१ लाख पाँच हजार ८ सय ९२ रुपैया राजस्व सङ्कलन भएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज रहेको खुम्बु क्षेत्रमा सगरमाथा ल्होत्से, नुप्से, चोयु लगायतका हिमाल र गोक्यो लगायतका तालहरु छन् । खुम्बु क्षेत्रलाई विश्वकै उत्कृष्टमध्येको पदमार्गको रुपमा चिनिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar