काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ ।
महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले उनी सुरक्षाका लागि गत शनिबार त्यहाँ पुगेका थिए । फर्किनेक्रममा उनी मंगलबार अन्नपूर्ण गाउँपालिका–११ स्थित एक होटलमा बास बसेका थिए ।
बास बस्नेक्रममा उनको लेक लागेर श्वासप्रश्वासमा समस्या आएको खबर पाएपछि आज बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
बिहान ९ः३३ बजे उनलाई पोखराको मणिपाल अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा ९ः४६मा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्यालयले जनाएको छ ।
उनी प्रहरी चौकी घान्द्रुकका इन्चार्ज थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar