काठमाडौं– लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।
आज प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले जानकारी दिए ।
प्राधिकरण स्रोतले केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । कारागारले ३७ लाख रुपैयाँ तिरे पनि सबै तिनुपर्ने भन्दै प्राधिकरणले लाइन काटेको हो ।
केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar