काठमाडौं– बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रधानाध्यापक रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यो घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले १० जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हिजो सोमवार दिउँसो मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सर्राफमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका सर्राफको उपचारका क्रममा वीरगञ्जको बयोधा अस्पतालमा ज्यान गएको थियो ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गएको साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar