काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन् ।
दिउँसो ४ बजे गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठक शुरुभएसँगै गुटेरेसले सम्बोधन गर्ने तालिका रहेको छ । संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको पनि अभिलेख राख्ने जनाइएको छ ।
गुटेरेस आज अन्नपूर्ण आधार शिविरबाट लुम्बिनी हुँदै काठमाडौं फर्किएपछि संसद्को संयुक्त सदनलाई सम्बोधन गर्न लागेका हुन् । चार दिनको भ्रमणमा नेपाल आएका गुटेरेस भोलि बेलायत फर्किदैछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar