काठमाडौं– असोज ३ गतेदेखि शुरु भएको सूर्यविनायक–रत्नपार्क द्रुत बससेवा बन्द भएको छ । संविधान दिवसको दिनदेखि सुरु भएको द्रुत बससेवा दसैंदेखि नै बन्द भएको हो ।
द्रुत मार्ग खाली गर्न ट्राफिक प्रहरीले आवश्यक सहयोग नगरेको व्यवसायीहरुले बताएका छन् । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले एक अर्कालाई दोष लगाएका छन् ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दसैंदेखि तिहारसम्म काठमाडौं उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको बताए ।
उनले तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुने दाबी गरे । द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालनमा रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ ।
द्रुत बस सेवा सञ्चालनका लागि सरकारले झण्डै साढे दुई करोड रुपैयाँ खर्च गरेर सडकमा ट्रयाक छुट्याउनका लागि रङ्ग पोतेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar