काठमाडौं– छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ ।
पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल सङ्ग्रह ’बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजल सङ्ग्रह ’मफलर’ लाई प्रदान गर्न लागिएको छ । दश हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने यो पुरस्कार आउँदो कात्तिक २५ गते शनिवार काठमाडौंमा एक समारोहबीच प्रदान गरिनेछ ।
साहित्यकार जेसागरले २०७४ सालमा आफ्नो गजल कृति ’यत्ति भए पुग्छ’ विमोचन समारोहमा आफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार २०७४ सालदेखि नियमित प्रदान गरिँदै आएको थियो ।
विशेष कारणवश २०७८ सालमा प्रदान हुन नसकेको कारण यो वर्ष २०७८ र २०७९ को लागि एकैपटक प्रदान गर्न लागिएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar