काठमाडौं– मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या प्रकरणमा शंकास्पद एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतवार मध्याह्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बजार नजिकैबाट प्रहरीले हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
घटनबारे अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोलीले मुगुमा अनुसन्धान गरिरहेको छ ।
शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar