काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात् असोजमा आयात बढेको छ । बजारमा देखिएको आर्थिक मन्दीको असरले गर्दा साउनमा साढे एक प्रतिशत र भदौमा पाँच प्रतिशतले घटेको आयात व्यापार असोजमा भने बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार साउनदेखि असोजसम्म चार खर्ब सात अर्ब ७५ करोड रुपैयाँको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तीन महिनामा चार खर्ब रुपैयाँको वस्तु आयात भएकोमा अहिले एक दशमलव ६९ प्रतिशतले बढेको विभागले जनाएको छ ।
असोजमा मात्र नेपालले एक खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । चाडपर्वमा खपत हुने सामान र बर्खा सकिएकाले विकास निर्माणका सामग्रीको आयात बढ्दा समग्रमा आयात बढेको विभागको तथ्याङ्कले देखाएको छ ।
आयात बढे पनि निर्यात भने घटेको छ । तीन महिनामा नेपालले ४० अर्ब ८७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । तर अघिल्लो आर्थिक वर्षको तीन महिनामा नेपालले ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
नेपालको निर्यात व्यापार दुई दशमलव २६ प्रतिशतले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar