काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति भवन शितल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्ने कार्यक्रम तय भएको छ ।
उनले प्रधानमन्त्री प्रचण्डसँग दिउँसो २ बजेपछि र राष्ट्रपति पौडेलसँग दिउँसो ४ बजे भेट्ने कार्यक्रम रहेको छ ।
२ बजे प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री र गुटेरेसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसँग भेट्नुअघि उनले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट्नेछन् ।
प्रधानमन्त्री प्रचण्डको औपचारिक निम्तोमा नेपाल आएका उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवन बानेश्वरमा भेट्ने कार्यक्रम छ ।
आजै साँझ प्रधानमन्त्री प्रचण्डले गुटेरेसको सम्मान तथा स्वागतमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
गुटेरेसले मंगलबार दिउँसो संघीय संसदको संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar