काठमाडौं – नेपालले इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो ।
युद्ध विरामको पक्षमा नेपालसहित एक सय २० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ४५ देश मतदानमा सहभागी भएनन् । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।
बैठकमा सहभागी इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै हमासको अत्याचार सहेर नबस्ने बताएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar