काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दसैं बिदामा पनि खुल्ने भएका छन् ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ने आयोगले जनाएको छ ।
आमनागरिकको मानवअधिकार संरक्षणलाई ध्यानमा राख्दै बिदाका दिनमा पनि कार्यालय खुलाउने व्यवस्था मिलाइएको आयोगले जनाएको हो ।
आयोगले यो अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar