काठमाडौं – मंगलवारदेखी सुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनका क्रममा क्यानडा बस्दै आएका अभिमन्यु बस्नेतले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
बस्नेतलाई उम्मेदवारी दर्ताका क्रममा कुवेत निवासी जीवन निरौला, थाईल्याण्ड निवासी भिमसेन रायमाझीले समर्थन गरेका छन् भने युएई निवासी निराजन खत्री र क्यानडाका सुर्य भट्टराईको प्रस्तावक रहेका छन् । उम्मेदवारी दर्ताका क्रममा बस्नेतले एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउन अठोतसहित आफुले उममेदवारी दर्ता गरेको बताए ।
“एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउने अठोतसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।, संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्वन गरेर कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने एजेण्डा बोकेको छु ।” बस्नेतले भने । एनआरएनए मात्र नभई व्यक्तिगत तर्फबाट समेत सामाजीक कार्यमा सक्रिय भुमिका निभाँउदै आएका बस्नेतले साथ, सहयोगको लागि सबैमा आग्रह समेत गरेका छन् ।
गैर आवासीय नेपाली संघको (सन् २०१३ – १५) कार्यकालमा एनसीसी क्यानडाको उपाध्यक्ष रहेका बस्नेत त्यसपछी दुई कार्यकाल आईसीसी सदस्य भएर काम गरेका थिए । करिव डेढ दशकदेखि एनआरएनएको विभिन्न अभियानमा सक्रिय छन् । विश्वभरका गैर आवासीय नेपालीहरुसंग नजिकको सम्बन्ध राख्ने बस्नेत हाल अमेरिकाको क्षेत्रीय उपसंयोजक हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar