काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
आज पनि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि पानी पर्ने छ ।
पश्चिमी क्षेत्रमा हिजो र अस्ति रातिको असिना पानीले बालीनालीमा क्षति पुगेको छ ।
यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उनले बताए । काठमाडौं उपत्यकामा पनि आज पानी पर्ने मौसमविद्ले बताए ।
पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar